धरान र सुन्दरहरैचामा दुर्घटना
- असोज १८, २०७४
- ब्लाष्ट खबर
धरान/सुनसरी र मोरङमा मंगलबार भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जना घाइते भएका छन् ।
धरान–१५ स्थित महादेब चौकमा को १३ प ३२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री धनबहादुर राई घाइते बनेका छन् । घाइते राईको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने मोटरसाइकल चालक वडा प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको छ ।
त्यस्तै मोरङको सुन्दरहरैचा नगरपालिका–७ चन्द्रनगरमा को १३ प ७७४० नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिदा मोटरसाइकल चालक सुनसरी तरहराका ३५ वर्षीय सुजन बस्नेत घाइते बनेका छन् । घाइते सुजनको इटहरीस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । ट्रयाक्टरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।