भद्रपुर । हवाई यात्रुको सरसामान चेकजाँचमा कठिनाईलाइ मध्यनजर गरि झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा एक्स-रे मेसिन जडान गरि सेवा सुरु गरिएको छ । मेसिनको उद्घाटन बुधवार विहान झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले उद्घाटन गर्दै सेवा सुरु गरेका हुन् । प्रजिअ तिवारीले यात्रु कक्षमा जडान गरिएको मेसिनको रिवन काटी साचो खोलेर यात्रुको सामान जाँच गरेका थिए । नेपाल नागरिक उडड्यान प्राधिकरण केन्द्रिय कार्यालयले चन्द्रगढी विमानस्थलमा एउटा आधुनिक स्तरीय एक्स-रे मेसिन उपलब्ध गराएपछि यस्को सेवा सुरु गरिएको विमानस्थलले जनाएको छ । अनुमानित ५० लाख मुल्य पर्ने सो एक्स-रे मेसिन यात्रु कक्षमा जडान गरि सेवा सुचारु गरिएको नागरिक उड्डयान कार्यालय भद्रपुरका प्रमुख पुर्णप्रसाद चुडालले जानकारी दिए । यात्रुलाइ सजिलो महशुस गराउन तथा अवैध गतिविधि रोक्नको लागि विमानस्थलमा यस्ता प्रकारका प्रविधिको क्रमश सेवा सुरु गरिएको प्रमुख चुडाललको भनाइ छ । केहिदिन भित्र यात्रु प्रवेशको मुल गेटमा यात्रु चेक जाचको मेसिन जडान गरिने र आगामी वर्ष यात्रु हैण्ड व्याग मेसिन समेत जडान गरिने चुडालले जानकारी दिए । एक्स्रे मेसिन सञ्चालनका लागि तीन जना प्रहरीलाई आवश्यक तालिम प्रदान गरिसकेको र उनीहरुले नै मेसिनबाट सरसामान चेकजाँच गर्न उनले बताए । २०३६ सालमा स्थापना भएको विमानस्थलमा अहिले सम्म प्रहरीले हेड सेफबाट यात्रुको सरसामान चाँज गर्दै आइरहेका थिए । यात्रुले व्यवस्थित रुपमा पोका पारेर ल्याएको सामानलाइ प्रहरीले खोलेर चेक जाँच गर्दा यात्रुले दिक्क मान्दै आइरहेका थिए । चाडपर्वको बेला यात्रुको चाप बढेसँगै बुद्ध, यती, सोर्य, नेपाल एयरलाइन्स र श्री एयरलाइन्सले काठमाडांै–भद्रपुर–काठमाडौं दैनिक १० देखि १२ जहाजले सेवा दिदै आएको विमानस्थलले जनाएको छ ।