भद्रपुर । दशै मेलामा विवाद हुदा झापामा छुरा प्रहारबाट एक युवकको ज्यान गएको छ भने, एक जना घाइते भएका छन् । झापा गाउँपालिका– ३ स्थित कामाटोली बजार लागेको रमाईलो मेलामा सामान्य बिवाद हुँदा छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । छुरा प्रहारबट गम्भिर घाइते भएका सोही गाउँपालिकाका १७ बर्षिय सागर रसाईलीको उपचारको क्रममा मुत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँ बस्ने १७ बर्षिय रमेश धमला घाइते छन् । सोही गाउँपालिका बस्ने २५ बर्षिय कृष्ण गणेशले मादक पदार्थ सेवन गरी उनीहरुमाथि छुरा प्रहार गरेको थियो । प्रहरीले गणेशलाई पक्राउ गरि अनुसन्धान अगाडि बढाएको छ ।