काैडा खेल्ने क्रममा ७ पक्राउ
- असोज १७, २०७४
- ब्लाष्ट खबर
झापा/झापाको गौरादह नगरपालिका-७ बस्ने मेदनी गौतमको घरमा कौडा खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई नगद २७ हजार ८ सय ५० रुपैयाँ सहित पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय गौरादहमा राखी थप अनुसन्धान भइरहेको छ।