तेह्रथुम/दशैं सुरु भएसँगै तेह्रथुम सदरमुकाम म्याङ्लुङ्ग बजार सुनसान बनेको छ ।सदरमुकामका सरकारी तथा गैर सरकारी कार्यालय र शिक्षण संस्था बन्द भए भएपछी म्याङ्लुङ्ग बजारमा चहल–पहल घटेको हो ।

सदरमुकाम आएर ब्यवसाय गर्दै आएका ब्यापारी तथा ब्यवसायीहरु दशैं मनाउन गाउँघर गैसकेका छन ्। अहिले सदरमुकामका धेरै जसो होटल र पसल बन्द भएका छन् । कर्मचारी, ब्यपारी–ब्यवसायी दशैं मनाउन आ–आफ्नो गाउँघर लागेपछी सदरमुकाममा चहल पहल घटेको तेह्रथुम उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष शभा पौडेलले बताए ।
उनका अनुसार बिगत बर्षभन्दा यस बर्ष दशैं मनाउन गाउँ फर्कनेहरुको संख्या उल्लेख्य रहेको छ । यसैगरी जिल्लाका प्रमुख बजारहरु जिरिखिम्ति, बसन्तपुर, शुक्रबारे र सक्रान्ति बजार पनि चहल पहल घट्दै गएको छ ।
सदरमुकाम र अन्य बजारहरु सुनसान भएपनि गाउँघरमा भने निकै चहलपहल बढेको छ ।कमाई गर्न बिदेश गएकाहरुसमेत दशैं मनाउन आ–आफ्नो घर आईपुगेका छने भने जागिर खान र पढ्न शहरतिर गएकाहरु पनि दशैं मान्न घर फर्किएका छन् ।
घर फर्केकाहरु समूह बनाएका फुटवल–भलिवल, रसांस्कृतिक कार्यक्रममा ब्यस्त छन् ।