-
Home
-
पूर्व
-
बसमा माेटरसाइकल ठक्कर खादा दुर्इकाे मृत्यु
बसमा माेटरसाइकल ठक्कर खादा दुर्इकाे मृत्यु
- असोज १३, २०७४
- ब्लाष्ट खबर
सुनसरी/सुनसरीमा शुक्रबार विहान बस र मोटरसाइकल एक आपसमा ठोक्किंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
बिहान करिब ५ बजे कोशी गाउँपालिका-८ भण्टाबारी चौकमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको को. ६ प २७९१ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आउदै गरेको ना. ७ ख २११६ नम्बरको यात्रु वाहक बस एक अर्कासंग ठक्कर खाएको थियो।
दुर्घटनामा मोटरसाइकलका चालक सुनसरी ईटहरी-१३ खनार बस्ने बर्ष २१ को करन सरदार र पछाडी सवार रहेका सोही स्थान वस्ने बर्ष २१ को सुरज कुमार बाँतरको मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते दुबै जनालाई उपचारकालागी ईनरुवा अस्पताल लैजानेक्रममा बाटैमा दुबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। दुर्घटनामा संलग्न बसका चालक इटहरी-१३ वस्ने मदन मगर र बस प्रहरी कार्यालयमा राखिएको छ।