भद्रपुर । जंगली हात्तीले रातको समयमा उपद्रो मच्चाएका कारण चाडपर्व मनाउन समस्यामा पारेको छ । रैथाने हात्तीले झापाको भद्रपुर नगरक्षेत्रमा देनिक जसो मानविय तथा भौतिक क्षतिलाइ निरन्तरता दिएपछि चाडपर्व भन्दा पनि हात्तीको डरले खुसी हुन सकेका छैनन ।
दिनभर जंगलमा रहेका हात्तीले मध्यरातमा गाउँ पसेर घर भत्काउनुका साथै अन्नवाली नष्ट गर्दै आएको छ । हात्तीको बथानले मंगलबार मध्यरातमा भद्रपुरस्थित साविक पृथ्वीनगर १ र २ मा क्षति पुर्याएको छ । हात्तीले एउटा घर भत्काएको छ । केही व्यक्तिको धान र अन्नबाली नष्ट गरिदिएको छ ।
विहान ३ बजे गाँउमा आएको हात्तीले स्थानीय खडगबहादुर कार्कीको घर भत्काइदिएको छ भने घर भित्र ३ बर्षको नानी जोगिएको छ । हात्तीले अरुण शेर्पा, श्रीप्रसाद प्रधान, सलबहादुर भटट्राई, मिश्र माईला, रुद्र श्रेष्ठ र सुर्यबहादुर तामाङ्गको खेतमा लगाइएको धान नष्ट गरिदिएको छ । त्यस्तै हात्तीले हुमलाल अधिकारीको सिमल तरुल खाइदिएको छ भने, मोक्ष निरौलाको भकारीको धान नोक्सान गरेको छ । दिनहुँ हात्ती निस्किन थालेपछि गाउबासीमा आतंक छाएको छ । हात्ती नियन्त्रणका लागि गाउबासी आफ्नै रात्री गस्ती समेत गर्दै आइरहेका छन । पृथ्वीनगर आसपासका क्षेत्रमा हात्तीले जनधनको व्यापक क्षति पुर्याई सकेको छ ।