झेङ्गजाउ/ मध्य चीनको एक राजमार्गमा भएको सडक दुर्घटनामा १२ व्यक्तिको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका मङ्गलबार जनाइएको छ ।

एउटा ट्रकले अर्को लेन र विपरीत दिशाबाट लस्करै आइरहेका तीनवटा मिनीबसलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । राजधानी बेइजिङ्ग र औद्योगिक महानगरी जोडिने लामो राजमार्गमा पर्ने हेनान प्रान्तस्थित जिनजियाङ्गमा मङ्गबार बिहान सो दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ ।

घाइतेमध्ये एकको अवस्था भने चिन्ताजनक रहेको बताइएको छ । साथै ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।