विराटनगर । इलाका प्रहरी कार्यालय रानीले जहदा गाउँपालिकाबाट १४ किलो गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा गएको टोलीले गाँजा बरामद गरेको हो । गाँजा कारोबारमा संलग्न रहेको आशंकामा जहदा–३ का २६ वर्षिय रामेश्जर राजवंशी , ५८ वर्षिय कगज राजवंशी र वर्ष ४५ का राजु मुखिया रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताए । प्रहरीले को३प ३२८० नम्बरको मोटरसाइकल र लागुऔषध गाँजा १४ किलो बरामद गरेको एसपी विसीले जनाए ।