धरान/धरान उपमहानगर सरकारको प्रथम नगर सभा आइतबार सम्पन्न भएको छ । सभाको समापन गर्दे नगर प्रमुख तारा सुब्बाले स्थानिय सरकार संघिय लोकतान्त्री गणतन्त्र नेपालको सबैभन्दा ठुलो उपलब्धी भएको बताए ।

सभाले दुई वटा ऐन,एउटा कार्यबिधी र एउटा विशेष प्रस्ताब पास गरेको छ । सभाले सभा सञ्चालन कार्यबिधी,आर्थिक ऐन,विनीयोजीत ऐन तथा भवन तथा योजना मापदण्ड सम्बन्धी बिषेश ब्यबस्थाका लागि ल्याइएको प्रस्ताब पारित गर्दै सभा सम्पन्न भएको हो ।

सभाले आर्थिक बर्ष २०७४÷०७५को निती तथा कार्यक्रम र बार्षिक बजेट समेत बहुमतले पारित गरेको छ ।बजेट पारित भएसँगै अब उपमहानगरपालीकाको बिकास बजेटहरु खर्च गर्न पाउने बाटो खुलेको छ ।

सभामा प्रस्तुत बजेटमा धरानमा अहिले कुनै प्रकारको कर बृद्धि नगरिएको तर करको दायर बृद्धि गरिएको जानकारी प्रमुख तारा सुब्बाले जानकारी दिए ।

सभामा उठेका जिज्ञासाहरुको जवाफ दिदै नगर प्रमुख तथा सभाका अध्यक्ष तारा सुब्बाले धरानको बिकासकालागि उठेका सवालहरु सकारात्मक भएको र त्यसलाई सम्पतीको रुपमा ग्रहण गरिएको बताए ।सभामा बोल्दै बक्ताहरुले वडामा पठाइएको बजेट थोेरै भएको बताएका थिए ।

धरानको आन्तरिक आय न्युन भएकाले पुर्ण रुपमा बजेट उपलब्ध गराउन नसकीएपनि क्रमिक रुपले बजेट थप्दै जाने प्रमुख सुब्बाले जनाए ।सभाको समापन गर्दे नगर प्रमुख सुब्बाले सभाबाट पारित भएको निती तथा कार्यक्रम र बजेट बिशेष कार्यक्रम आयोजना गरेर सार्बजनिक गर्ने बताए ।