धरान/धरानको मितेरी विकास बैंकले आफ्नो १४ औं शाखा धरान–६ पानबारी स्थापना गर्दै कारोबार सुरु गरेको छ ।
[caption id="attachment_55072" align="alignnone" width="777"]
तस्बिरः ललित रार्इ[/caption]
बैंकले ग्रामिण क्षेत्रका नागरिकहरुलाई सेवा प्रवाह गर्ने उद्देश्यले पानबारीमा बैंकको शाखा स्थापना गरेको बताएको छ । बैंकको पूर्वको विभिन्न क्षेत्रमा शाखाहरु स्थापना गरिसकेको छ । जस अन्तर्गत यो वर्ष पानबारी र मोरङको अमरदहमा बैकिङ कारोबार सुरु गरेको हो ।
यसैक्रममा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पूर्वाञ्चल आसरा सुधार केन्द्रलाई नगद २ लाख रुपैया हस्तान्तरण गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष अजितनारायण सिंह थापाले केन्द्रका निर्माण संयोजक तथा पूर्व मेयर मनोजकुमार मेन्याङ्बोलाई रकम हस्तान्तरण गरे ।
बैंकको हालसम्म झुम्का, चतरा, तरहरा, खनार, रमाइलो, विराटचौक, डाम्राविटा, शनिश्चरे, अमरदह, विराटनगर, सुरङ्गा, र उर्लाबारीमा खुलिसकेको छ । बैंकको लक्ष्य नै ग्रामिण भेगका स्थानीयबासीहरुलाई सेवा दिने रहेको सञ्चालक किशन मास्केले बताए । पानबारीबासीहरु बैंकिङ कारोबारको लागि धरान बजार नै आउनु पर्ने बाध्यता रहेको थियो । शाखा उद्घाटनका धरान उपमहानगरका प्रमुख तारा सुब्बाले गरेका थिए ।