धरान/सेवक अभियान धरानले इटहरी–४ गैरीगाउँका ५० बाढीपीडित परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

७५ हजार रुपैया बराबरको खाद्यान्न बिहीबार गैरीगाउँ पुगेर पीडितहरुलाई वितरण गरिएको अभियानका अभियन्ता राजिव हलुवाईले बताए । हलुवाईका अनुसार एक परिवारलाई २५ केजी चामल, १ केजी दाल, एक लिटर तेल र एक पोका नुन वितरण गरिएको थियो ।
त्यस्तै अन्य परिवारहरुलाई भने चाउचाउँ, विस्कुटलगायत सामग्री वितरण गरिएको उनले बताए । बाढीपीडितहरुलाई केही राहत होस् भन्ने उद्देश्यले इटहरीका नगर प्रमुख द्धारिकालाल चौधरी उपस्थितिमा खाद्यान्न वितरण गरिएको हो । इटहरीमा सबैभन्दा बढी प्रभावित भएको क्षेत्रहरुको पहिचान गरेर सामग्रीहरु वितरण गरिएको अभियानको दाबी छ ।