धरान/सामाजिक उत्तरदायित्व अन्तर्गत एनआइसी एसिया बैंक धरान शाखाले बुधबार धरान तिनकुनेस्थित पूर्वाञ्चल इन्जिनियरिङ कलेज परिषरमा वृक्षारोपण गरेको छ । [caption id="attachment_49506" align="alignnone" width="800"] तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption] बैंकले यो आर्थिक वर्षमा देशभर ७ हजार विरुवा रोप्ने लक्ष्य लिएको थियो । जस अन्तर्गत धरान शाखाले २ हजार विरुवा रोप्ने लक्ष्य अनुरुप इन्जिनियरिङ क्याम्पस र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिषरमा वृक्षारोपण गरेको हो । इन्जिनियरिङ क्याम्पसमा शाखाले एक हजार विरुवा रोपेको छ । जसमा अशोक, मसला प्रजातिका विरुवाहरु रोपेको बैंकका धरान शाखा प्रवन्धक विशाल श्रेष्ठले जानकारी दिए । कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. बिक्रमप्रसाद श्रेष्ठ, रजिष्टार तुलबहादुर श्रेष्ठ, क्याम्पसका प्रमुख जितेन्द्र चौधरी, सेक्टर वन कार्यालय धरान तिनकुनेका सहायक वन अधिकृत ज्ञानकुमार लामालगायतको उपस्थितिमा वृक्षारोपण गरिएको हो ।