आतङ्ककारी आक्रमणको उत्तर कोरियाद्वारा निन्दा
प्योङ्गयाङ/इरानीयन संसद्मा गत बुधबार भएको आतङ्ककारी आक्रमणको उत्तर कोरियाले निन्दा गरेको छ । उत्तर कोरियाको सरकारी समाचार समितिले शुक्रबार सो जानकारी दिएको छ ।
इरानको संसद् भवन र सर्बोच्च नेता आयातुल्लाह खामेनीको समाधीस्थलमा बुधबार भएको आतङ्ककारी आक्रमणमा परी कम्ती १७ व्यक्तिको मृत्यु भएको थियो ।
उत्तर कोरियाका राष्ट्रपति किम योङ नामले इरानका राष्ट्रपति हुसेन रोहानीलाई एक समवेदना सन्देश पनि पठाउनु भएको समाचारमा जनाइएको छ ।
किमले पठाउनुभएको सो सन्देशमा उक्त आक्रमणमा मारिएका व्यक्तिका परिवारजनलाई पनि गहिरो समवेदना प्रकट गर्नु भएको छ ।
इरानको संसद् भवन र सर्बोच्च नेता आयातुल्लाह खामेनीको समाधीस्थलमा भएको यस आक्रमणको इस्लामिक स्टेट्स आतङ्ककारी समूहले जिम्मा लिएको थियो ।
यस आक्रमणममा परी कम्तीमा १७ सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य ५२ जना घाइते भएका थिए । संसद्ममा भएको सो आक्रमणको विश्वव्यापीरुपमा निन्दा गरिएको छ । रासस/सिन्ह्वा