मिस एसइइ झापा २०१७ को पहिलो अडिसन झापाको विर्तामोडमा सम्पन्न भएको छ ।

ड्रिम्स वल्ड इन्टरटेण्मेण्टको आयोजना तथा सुर्योदय टेलिभिजनको सह आयोजनामा गरिएको प्रतियोगिताको अडिसनबाट १७ जना छनोटमा परेका छन् । अडिसनमा २६ जनाले सहभागीता जनाएका थिए ।

माध्यमिक शिक्षा एसइइ दिएर बसेका किशोरीहरुको क्षमता प्रस्फुटन गराउने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको ड्रिम्स वल्र्डका प्रबन्ध निर्देशक प्रणित पुडासैनीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद पचासहजार सहित विभिन्न छात्रबृत्ति प्राप्त गर्ने छन् । हेलिपीङ हेड्स, नेपाल ल्याण्ड कपडा छपाई उद्योग, साइप्यालेस रेष्टुरेन्ट एण्ड क्याटरिङ लगायतका सामाजिक तथा व्यवसायिक संघ संस्थाको साथ रहेको छ ।

प्रतियोगिताको दोस्रो अडिसन बैशाख ११ गते हुने छ ।