बर्लिन/ अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओवामाले जर्मन चान्सलर एङगेला मर्केललाई भेट्ने भएको छ ।

बर्लिनमा अर्को महिना हुने धार्मिक सम्मेलनका क्रममा उनीहरुकाबीचमा भेटबार्ता हुने कार्यक्रम रहेको बर्लिनको स्थानीय एक सञ्चार माध्यमले बुधबार जनाएको छ ।

ऐतिहासिक ब्रान्डेन बर्ग गेटमा हुने उनीहरुको भेटबार्ताका क्रममा समसामयिक घटनाक्रम र स्थानीय देखि विश्वव्यापी दायीत्वका बारेमा छलफल गर्नुपर्ने आयोजकहरुले बताएका छन् ।

सिन्ह्वा