काठमाडौं/ फ्रान्समा रहेको एक शरणार्थी शिविरमा भीषण आगलागी भएको छ । उत्तरी फ्रान्समा रहेको आप्रवासी शिविरमा आगो लागेको हो ।
१५ सय भन्दा धेरै आप्रबासी बस्ने शिविरमा आगलागी हुँदा त्यहाँ बनाइएका टहरा पूर्णतः नष्ट भएको छ । आगलागीका कारण कम्तिमा १० जना घाइते भएका छन् ।
गत महिना फ्रान्सका अधिकारीले आप्रबासी रहने यस शिविरमा द्वन्द्व रहेको बताएका थिए ।
आगलागीबाट शिविरका सबै टहरा नष्ट भएर खरानीको थुप्रो मात्र बाँकी रहेको छ भने शरणार्थीको बिचल्ली भएको छ ।