
बिजनौर/भारतको उत्तरप्रदेशको बिजनौर जिल्लाको एक दर्दनाक भिडियो सार्वजनिक भएको छ । बिजनौरको अफजलगढ गाउँमा एक छोराले आफ्नै आमालाई आगोमा झोस्ने कोशिस गरेका छन् ।
त्यहाँ उपस्थित व्यक्तिहरुले आमालाई आगोमा खसाल्न खोजेको देखेपछि रोकेका थिए । तर ती युवाले रोक्न आएका सबैसँग झगडा गर्दै आमालाई आगोमा झोस्न खोजेका थिए । गाउँलेले आमालाई आगोमा खस्नबाट त बचाएका थिए तर छोराले पिटेर घाइते भएका आमाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
रक्शी खान पैसा नदिएपछि घटना
मिडिया रिपोर्टका अनुसार मृतक आमा सन्तोषी देवीका दुइटा छोरा थिए । एउटा दिल्लीमा जागिर गर्थे भने दोस्रो छोरा लोकेन्द्र आमासँगै गाउँमा बस्दै आएका थिए । लोकेन्द्रको रक्शी खाने बानी थियो । उनले आमासँग रक्शी खान पैसा माग्दा नदिएपछि आमालाई बोकेर आगोमा झोस्न खोजेका थिए ।
आमासँग पैसा हुँदा रक्शी खान पैसा लुटेर लग्ने लोकेन्द्रले उक्त दिन आमासँग रक्शी खान पैसा मागेका थिए । तर त्यो दिन पैसा नदिएपछि उनले आमालाई पिट्न शुरु गरेका थिए । छोराको पिटाईबाट बेहोश भएको आमालाई बोकेर उनले आगोमा झोस्न खोजेका थिए ।
लोकेन्द्रले घर बाहिर अगाडीको ट्याक्टरमा आगो लगाएका थिए । पिटाईबाट गम्भीर घाइते भएकी आमालाई आगोमा राखेर प्रमाण मेटाउन खोजेका थिए ।
उनको यो सबै कर्तुत गाउँलेले मोबाइलमा भिडियो खिचेका थिए । गाउँलेले आमालाई आगोमा खस्नबाट जोगाएपनि छोराको पिटाईबाट उनको मृत्यु भइसकेको थियो । प्रहरीले छोरा लोकेन्द्रलाई पक्राउ गरेका छन् ।