कमेडियन कपिल शर्माले सहकर्मी सुनिल ग्रोभरलाई थप्पड हानेर सायद जीवनकै ठूलो गल्ती गरे । किनकी त्यहि दिन देखि उनको जीवनमा एक पछि अर्को समस्या बढ्दै गएको छ । अझ भन्ने हो भने अहिले उनको जीवनमा सायद शनिको दशा चलिरहेको छ । यहि कारण त, उनीमाथि एक पछि अर्को मुश्किल बढ्दैै गएको छ ।

झनै अब सोनी च्यानलले एक यस्तो निर्णय लिन जाँदैछ जसले कपिलको मुश्किल बढ्ने मात्रै हैन करिअर नै धरापमा पर्ने देखिन्छ । स्रोतका अनुसार अब सोनी च्यानलले कपिलको शो बन्द गर्न सक्छ । यति मात्रै नभयर यहि च्यानलमा सुनिल ग्रोभरको शो पनि आउने तयारीमा छ । कपिलको शोको टी आरपी घटेका कारण केही दिन अगाडि मात्रै च्यानलले उनलाई एक मिहनाको अल्टिमेटम दिएको थियो । यदि यो एक महिनामा शो राम्रो भएर अघि बढ्यो भने ठिक छ हैन भने शो बन्द हुनेछ ।

जानकारी अनुसार सुनिलको नयाँ शोमा कपिलबाट छुट्टीएका चन्दन प्रभाकर र अलि असगर पनि हुनेछन् ।