बलीउड अभिनेत्री विद्या बालनले हालैमा यस्तो प्रश्नको सामना गर्नु परेको छ कि जुन सुनेर उनी निकै भड्किएकी छिन् । चाहे एक साधारण यूवती होस् वा कुनै हिरोइन नै किन नहोस्, सबैलाई विवाहपछि एउटै प्रश्नले खुबै सताउने गर्छ, प्रेग्नेन्सी र बच्चालाई लिएर । विद्याले पनि यस्तै प्रश्नको सामना गर्नु परेको थियो जब उनलाई धेरै पटक अस्पतालको चक्कर लगाउँदै गएको अवस्थामा भेटिएको थियो । तर, अहिले आएर भने विद्याले यस विषयमा राम्रै उत्तर फर्काएकी छिन् ।

सुत्रका अनुसार, जब यस पटक विद्यालाई बच्चाको विषयमा प्रश्न गरियो तब उनले भड्किदै उत्तर दिइन्, ‘थाहा छैन बच्चालाई लिएर मानिसहरु निक यति धेरै जिज्ञासु हुन्छन् ? म बच्चा जन्माउने मेशीन त होइन । त्यसो त अहिले दुनियाँभरको जनसंख्या निकै बढेको छ र केही व्यक्तिले बच्चा नजन्माउँदा कुनै दुखको कुरा त पक्कै होइन होला ।’

विद्या भन्छिन्, ‘के म अस्पताल जान नहुने, के म विरामी हुन्न ? म अस्पताल जाँदा पनि किन प्रेग्नेन्सी कै कुरालाई लिएर बजारमा विभिन्न खाल्का अफवाहहरु फैलाउने गरिन्छ ? यस्तो गर्न कसैलाई हक छैन ।’