काठमाडौंको/ बालाजु बाइपासमा रोकिराखेको साझा यातायातको बसमा आगजनी भएको छ ।

एअरपोर्ट–नयाँ बसपार्क रुटमा चल्ने साझा यातायातको बा ४ ख ५६४८ नम्बरको बस बाइपासमा रोकिराखेको अवस्थामा एक हुलले पेट्रोल छर्किएर आगो लगाएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेले जानकारी दिए ।

आगलागीबाट बसको भित्रीभाग जलेर नष्ट भएको छ । बसका स्टाफ र सुरक्षा दिइरहेका दुई जना सुरक्षाकर्मी समेत खाना खान गएको अवस्थामा खुकुरी र पेट्रोल बोकेर आएको एक समूहले बसमा आगो लगाएको उनले बताए ।

त्यसबेला बसमा केही यात्रु बसेको भए पनि उनीहरु भने ओर्लिन भ्याएका थिए । बसमा लागेको आगो स्थानीय र प्रहरीको सहयोगमा निभाइएको छ ।