लामो अन्तरालपछि आज धरानमा भव्य फेसन शो हुने भएको छ । भिन्टेज इभेन्टसको आयोजनामा फेसन पारखीहरुका लागि हुनलागेको एसडब्लु फेसन परेडमा नायक तथा मोडल अनुविक्रम शाही र नायिका तथा मिस नेपाल २०११ की मलिना जोशी विशेष आकर्षकको रुपमा रहनेछन् ।

धरान–१५ स्थित इजी राइडर्स होटलको प्राङ्गणमा भव्य स्टेज र उत्कृष्ट साउण्ड र लाइटको व्यवस्थापनसहित आयोजनाको तयारी गरिसकेको आयोजक एसडब्लु लामिछानेले बताए ।

परेडमा काठमाडौंबाट र धरानका चर्चित १५ जना मोडलहरुको जियाज क्रियसनकी अस्मी तामाङ र जिया तामाङले तयार पारेका डिजाइनमा र्याम्प नाप्नेछन् । तीनवटा सिक्वेन्स रहेको भव्य र विशेष बनाउनमा कुनै कसुर बाँकी नराखिएको आयोजक लामिछानेले बताए ।