काबुल/ अफगानिस्तानको सबैभन्दा ठुलो सैनीक अस्पतालमा बम आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य ६६ जना घाइते भएका छन् ।
काबुल मै रहेको अस्पतालमा बुधबार भएको घटनामा परी आक्रमणकारीतर्फका पनि दुई जना मारिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । घटना बारे थप विबरण आउन बाँकी नै रहेको सिन्ह्वाले जनाएको छ ।
यसैबीच, अफगानिस्तानको कुन्दुज प्रान्तमा भएको अमेरिकी ड्रोन आक्रमणमा परी कम्तीमा पाँच जना तालिवानी लडाकुहरुको मृत्यु भएको छ ।
“डफटनीमा रहेका लडाकुहरुलाई लक्षित गरी मध्यरातमा ड्रोन आक्रमण गरिएको थियो, आक्रमणमा परी पाँच जना तालिवानी लडाकुको मृत्यु भएको छ ।
उनीहरुसँगै रहेको दुई ओटा सवारी साधन, इन्धन भण्डारण गर्ने भाडोलगायतमा क्षति पुगेको छ,” जिल्ला सरकारका गभर्नर नास्रुद्धिन नजारीले बुधबार सिन्ह्वासँग भने।
ताजकिस्तानको सिमानामा गर्ने ठाउँमा भएको सो आक्रमणमा परी कुनै आम नागरिकको भने मृत्यु नभएको उनले बताए ।
मध्य एसियाको हिमाली देशका दुर्गम ठाउहरुमा नेटोको नेतृत्व र आरएसको सहयोगमा लडाकुमाथि आक्रमण भइरहेको छ ।
गत शनिबार राति पनि अफगानिस्तानी सेनाको हवाई आक्रमणमा परी १८ जनाको मृत्यु भएको छ ।
-सिन्ह्वा