पर्वत/पर्वतमा गाई काटेर खाएको आरोपमा ५ जना पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको धाइरिङ–८ का आइते दर्जी, नरु दर्जी, छवि परियार, सन्तु दर्जी र झिल्के दर्जीलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतले पाँच आरोपितलाई पक्राउ गरी १९ फागुनमा पर्वत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दाका आरोपितलाई थप अनुसन्धानका लागि पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश मोहनराज भट्टराईको एकल इजलासले पाँचै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।