बर्क/ अमेरिकाको बर्क शहरमा ट्रम्प पक्षधर र उनका विरोधीबीच भिडन्त भएको छ ।

ट्रम्पको नीतिप्रति सहमति जनाउँदै उनका समर्थकहरु शनिवार अमेरिकाको राज्यहरुमा जम्मा भएका थिए । यसैक्रममा बर्क शहरमा ट्रम्प समर्थक र विरोधी शक्तिबीच भिडन्त भएको थियो ।

भिडन्तमा दुबैपक्षका मानिसहरु कुटपिटमा उत्रेका थिए । ट्रम्प समर्थक र विरोधीहरु एकअर्कालाई मुक्का हान्न समेत तयार भए । भिडन्तमा लठ्ठी समेत प्रहार भयो । यसक्रममा ट्रम्प समर्थकहरुले प्रहरी र ट्रम्प विरोधीहरुलाई पेपर स्प्रेको प्रयोग गरेका थिए । ट्रम्प समर्थकले अमेरिकाको २८ राज्यमा जनसभाको आयोजना गरेका थिए ।

कार्यक्रममा ट्रम्प विरोधीले नाराबाजी शुरु गरेका थिए । केहीबेरको भिडन्तपछि प्रहरीले स्थिती नियन्त्रण लिएका थिए । ट्रम्प नीतिको विरोध गर्दै अमेरिकामा ट्रम्प विरोधी अभियान लगातार शुरु भइरहेको छ ।

[embed]https://youtu.be/YlT-0LOZLCI[/embed]

-एजेन्सी