धरान/ मोरङको बयरबन–९ स्थित आईतबार हतियार देखाई लुटपाट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सोहि ठाँउका १७ बर्षिय पर्शुराम बस्नेत रहेका छन ।

को २५ प ६६८५ नम्बरको स्कुटरमा आएका बस्नेतले बयरबन ७ स्थित रहेको जिवन विकास समाजका कर्मचारीलाई हतियार देखाई नगद ४५ हजार रुपैया लुटेर लगेका थिए।

पुर्व क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरको आधिकारीक वेवर्साइडमा जनाइए अनुसार लुटपाट गरी फरार भएका बस्नेतलाई प्रहरी चौकी रमाईलोबाट खटिएको टोलीले मोरङको केरौन गाविस–१ क्याम्पस डाँडाबाट पक्राउ गरेको हो।

पक्राउ परेका बस्नेत उपर थप अनुसन्धान भईरहेको क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।