एजेन्सी / योग गुरु बाबा रामदेवको पतञ्जली आयुर्वेदले स्पेनको बाथरुम उत्पादन कम्पनी परीवेयरसँग बाथरुमका लागि पाइव, वाथ टव, वास वेसिन, ममोड लगायतका सामान खरिद गर्नका लागि सम्झौता गरेको छ ।
यस सम्झौता अनुसार स्पेनको यो कम्पनीले देशभरमा बाबा रामदेवको प्रजेक्टमा यी सामानको सप्लाई गर्ने छ । योग गुरु बाबा रामदेश भारतका ठूला कारोबारी समेत हुन् ।
उनले बनाएको कम्पनी पतञ्जली आयुर्वेदले देशभरमा नेटवर्क बनाएको छ । पतञ्जली समूहको कारोबार वैदिक गुरुकुल, योग उपचार तथा ट्रेनिङ सेन्टर, हर्बल पार्क लगायतका क्षेत्रमा फैलिएको छ । समूहको सबै कम्पनीमा लगभग २ लाख कर्मचारी रहेका छन् ।
वाथरुमका लागि सामान उत्पादन गर्ने कम्पनी परीवेयरले पतञ्जलीसँग गठबन्धन गरेको छ । यसका साथ कम्पनीले देशभरका पतञ्जलीका विभिन्न परियोजना अन्तर्गतका बाथरुपमा सामानहरु आपूर्ति गर्ने छ । बाबा रामदेवले विदेशी सामान प्रयोग नगर्न भारतीयलाई आग्रह गर्दै आएका छन् ।