आफ्नो परिबार संग सुख दुखमा संगै रहने चाहना त सबैको हुन्छ । तर आज पनि विभिन्न कारण आफ्ना आफन्तलाई छोडी परदेशको भूमिमा पसिना बगाउदै छन् लाखौ नेपाली युवा सक्ति । आफ्नो भबिस्य अनि परिबारका सुखको लागि आफ्ना खुशीलाई तिलान्जली दिदै आफ्नो परिबारलाई छोडेर गएर सबै जना परिवारकै खुशीका लागि समर्पित छन् त ?

बिबसता अनि बाध्यतामा आफ्ना बिगत र परिवारको सम्पर्क बाहिर रहेकाहरुको यादमा उसलाई आफ्नो ठान्नेहरुको मन मा उब्जने भब लाई समेटी तयार पारिएको गीत को भिडियो हालै सार्बजनिक गरिएको छ । डम्बर नेपालीको सब्द/संगीतमा एक बर्ष अघि नै रिलिज तारा थेबे लीम्बुको स्वरमा रहेको फर्केनौ साईला बोलको गीतको भिडियो भने हालै रिलिज गरिएको छ । राजेश आचार्य अनि मन्जुला गिरीको अभिनय रहेको रहेको उक्त गीतको भिडियो एभरेस्ट ग्यालरीले निर्माण तथा बजार ब्यबस्थापन गरेको हो । सन्तोष लिम्बुको छायांकन र सम्पादन रहेको उक्त भिडियोलाई भोला तिमल्सिनाले निर्देशन गरेका हुन् ।