एजेन्सी/ भारतमा प्याजको मूल्य अत्याधिक न्यून भएपछि किसानको रुवाबासी भएको छ ।
अधिकांश किसानले प्याजको लागत मूल्य उठाउँन सकेका छैनन् । प्याजको यो मूल्य पछिल्लो ६ वर्षयताकै न्यून हो ।
एसिया मै सबैभन्दा बढी प्याज विक्री हुने लासलगांवको तरकारी मण्डीमा प्याजको मूल्य प्रति क्वीन्टल चार सय ५० रुपैयाँ अर्थात प्रति केजी चार रुपैयाँ ५० पैसा रहेको छ ।
यो मूल्य किसानको लागत मूल्य भन्दा निकै कम हो । नेपालमा आवश्यक पर्ने प्याजको धेरै आपूर्ति भारत बाटै हुने गरेको छ ।