टमाटर युद्ध विश्वको सबैभन्दा ठूलो खाद्यान्न युद्ध समेत भनिन्छ । स्पेनको बुलोन शहरबाट सुरु भएको महोत्सव प्रत्येक वर्ष अगस्ट महिनाको अन्तिम बुधबार मनाउने गरिन्छ । यसको सुरुवात २९ अगस्ट १९४५ मा दुई युवाबीच टमाटर हानाहान हुँदाहुदै समुहगतमा पुगेपछि यसले महोत्सवकै रुप लिएको थियो ।
खास गरी टमाटरले एकले अर्काेलाई हानेर मनाइने उत्सव आधुनिक जमानासँगै यसलाई मनाउने तरिका पनि फरक हुदै आएको छ ।
टमाटर युद्धको नियम
यसको नियम एकदमै साधारण छ । जब कसैले कसैलाई टमाटरले हिर्काउनु अघि नै त्यस टमाटरलाई फुटाउनुपर्छ । फुटाएको टमाटरले मात्र हिर्काउन पाइन्छ । यसका बीचमा एकअर्काको कपटा च्यात्न भने पाइदैन । र कसैले खेल्ने इच्छा गर्दैन भने त्यसलाई जबरजस्ती गर्न पनि पाइदैन ।