काठमाडौँ/ राजधानीको होटल टुँडिखेलमा विदेशी नागरिक, अति विशिष्ट व्यक्ति र सर्वसाधारणलाई आतङ्ककारीले बन्धक बनाए। सरकार र उनीहरुबीच वार्ता भयो। वार्ताबीच आतङ्ककारीले एक व्यक्तिलाई गोली हानेर होटलबाट बाहिर फालिदिए। वार्ता विफल भयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले होटल टुँडिखेल आसपासको क्षेत्र नियन्त्रणमा लिए। यसबीच सरकारले सेनालाई निर्देशन दियो बन्धक बनाएकाहरुलाई छुटाउनु । नेपाली सेना तत्काल एक्सनमा आयो। उसले ड्रोन मार्फत होटल क्षेत्रको निगरानी गर्‍यो। सेनाको टुकडीले जमिन र आकाशबाट कारबाही सुरु गर्‍यो। हेलिकोप्टरबाट सैनिकहरु भवनमा झरे। पैदल गएका र अन्य टुकडी भवनमा भर्‍याङ लगाएर प्रवेश गरे। सेनाले केही मिनेटमै कारबाही समाप्त पार्‍यो। आतङ्ककारीहरु सखाप भए। बन्धकहरु छुटे। [embed]https://youtu.be/DcdAEocyc4M[/embed]