काठमाडौं/ इन्टरनेट सेवामा ग्राहक तान्ने प्रतिस्पर्धामा नेपाल टेलिकमले शिवरात्रीका अवसरमा समेत नयाँ अफर सार्वजनिक गरेको छ ।
सहुलियतपूर्ण दूरसञ्चार सेवा उपलब्ध गराउने कम्पनीको नीतिअनुसार भन्दै नेपाल टेलिकमले शिवरात्रीको अवसरमा अफर ल्याएको हो । अफर अन्तर्गत डाटा बन्डल प्याकेज अन्तर्गत ७५ रुपैयाँमा एक सय एमबि डाटा र बोनसको रुपमा एक सय एमबि युट्युब डाटा प्याक रहेको टेलिकमले जनाएको छ । डाटा १५ दिनसम्म प्रयोग गर्न सकिनेछ ।
यस्तै १ सय ५० रुपैयाँमा २ सय एमबि डाटा र बोनसको रुपमा २ सय एमबि नै युट्युब डाटा प्याक जुन ३० दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले विज्ञप्तीमार्फत जनाएको छ ।
यस्तै फेसबुक प्याकेज अन्तर्गत २२ रुपैयाँ ६० पैसामा पाँच दिनको लागि एक सय एमबि डाटा उपलब्ध गराउने पनि टेलिकमले जनाएको छ ।
यस्तो छ सेवा लिने तरिका
एक सय एमबिको लागि अंग्रेजी अक्षरको ठूलो यू र १०० (U100) लेखेर साथै दुई सय एमबिका लागि अंग्रेजी अक्षरको ठूलो यू र २०० (U200) लेखि १४१५ मा एसएमएस पठाउन सकिनेछ । फेसबुक प्याकेजका लागि अंग्रजी अक्षरमा फेसबुक (facebook) लेखेर १४१५ मा एसएमएस गर्न सकिनेछ ।