लहान/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधन गरेर चाँडै चुनावमा जानु आप्mनो नेतृत्वको सरकारको मुख्य दायित्व भएको बताएका छन् ।

सिरहाको लहान–६ मा आइतबार आयोजित श्रीमद्भागवत महापुराण ज्ञान सप्ताह महायज्ञको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सोमबारको मन्त्रिपरिषद्को बैठकमा संविधान संशोधनको प्रस्ताव पारित गराएर चुनावको घोषणा गरिने बताए । ‘शान्ति, सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्रको रक्षाका लागि संविधान कार्यान्वयन जरुरी छ, त्यसका लागि संविधान संशोधन गरेर चुनावमा जानुको विकल्प छैन ।’ उनले भने ।

शान्ति, सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षताको लडाइँ आपूmहरूले जित्नुपर्ने औंल्याउँदै उनले यो लडाइँमा आपूmलाई मधेशी जनताको साथ र सहयोग चाहिने अपेक्षा गरे । सो लडाइँ निकै पेचिलो हुने उल्लेख गर्दै उनले पेचिलै भए पनि अग्रगामी परिवर्तनका पक्षधर आपूmहरूले लडाइँ जित्नैपर्ने बाध्यात्मक अवस्था रहेको अन्यथामूलक अन्योलको ठूलो भुमरीमा फँस्न सक्ने भएकाले सजग रहनुपर्ने बताए ।

पछिल्ला दिनहरूमा मधेश छुट्याउने, मधेशीलाई विदेशीजस्तो देख्ने अनि एउटा खास वर्ग र समुदायको पक्ष लिने अन्धराष्ट्रवाद देखिएको चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘यो दुवै राष्ट्रवाद होइन, मधेशी जनता र पहाडी जनता दुवैलाई एक ठाउँमा राखेर मध्यमार्ग रोज्नु नै राष्ट्रवाद हो, मिलेर जाँदा नै सबैको हित हुन्छ ।’

प्रधानमन्त्री प्रचण्डले मधेशले नै आपूmलाई प्रधानमन्त्री बनाएको उल्लेख गर्दै भने, ‘म मधेशीका अधिकारप्रति जहिले पनि सजग छु । संविधान संशोधन विधेयक पारित गराउने, जनसङ्ख्याको आधारमा मधेशमा स्थानीय निकायको सङ्ख्या निर्धारण गरी स्थानीय निकायको सङ्ख्या वृद्धि गरिने छ ।’

विपन्न महिला छात्रावास र वृद्धाश्रम निर्माणका लागि आयोजना गरिएको महायज्ञमा सरकार पनि साथमै रहने प्रम प्रचण्डले विश्वास दिलाए । ‘राजनीतिज्ञ वा धार्मिक पन्थका आविष्कारकहरूले राखेको उद्देश्य मानव जातिकै हित र समानता भएकाले उनीहरू सबैलाई समानता स्थापित गर्न प्रेरित गर्छन् ।’ उनले भने । महायज्ञको उद्घाटन समारोहमा कानून मन्त्री अजयशङ्कर नायक, सांसद् पदमनारायण चौधरी, काङ्ग्रेस नेता तथा सामाजिक चिन्तक प्रदीप गिरीलगायतको उपस्थिति थियो ।

महायज्ञ मूल आयोजक समितिका संयोजक पवन मुन्धडाका अनुसार लहान–१४ मा विपन्न महिला छात्रावास र लहान–१७ मा वृद्धाश्रम निर्माणका लागि आयोजना गरिएको महायज्ञ फागुन १४ गते समापन हुनेछ । महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले कथावाचन र प्रवचन दिनेछन् ।