
नेपाल पत्रकार महासङ्घ मोरङको आज यहाँ आयोजित बाह्रो जिल्ला अधिवेशनमा उनीहरूलाइ सो पुरस्कारबाट सम्मान गरिएको हो । नेपाल पत्रकार महासङ्घ मोरङद्वारा स्थापित प्रतिभा पत्रकारिता पुरस्कारको रु १५ हजार तथा नगर विकास पत्रकारिता पुरस्कारको राशि रु.१० हजार रहेको छ ।
यसैगरीे पत्रकार महासङ्घ मोरङका पूर्वअध्यक्ष विक्रम निरौँलालाई पनि सम्मानित गरे। सो अवसरमा महासङ्घका अध्यक्ष डा विष्टले पत्रकारिता क्षेत्रलाई मर्यादित, विश्वसनीय बनाउनुपर्ने दायित्व सञ्चारकर्मीको रहेको बताउँदै महासङ्घले पत्रकारहरुको पारिश्रमिक, जीवन बिमा र क्षमता अभिवृद्धिका लागि तालिमलगायतका कार्य गरिएको जानकारी गराए । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले पत्रकारिता क्षेत्रमा गैरपत्रकारहरुको हालीमुहाली बढेको भन्दै महासङ्घले राजनीतिक आधारमा नयाँ सदस्यता वितरण गरिएको आरोप लगाए । न्यूनतम पारिश्रमिक निर्धारण समितिका संयोजक पोषण केसीले पत्रकारको पारिश्रमिक निर्धारण भएको उल्लेख गर्दै कतिपय एफएम रेडियो र पत्रपत्रिकामा सोअनुरुपको पारिश्रमिक नदिइरहेको देखिएकाले सो विरुद्ध आवाज उठाउनुपर्ने आवश्यकता औँल्याए। नेपाल पत्रकार मोरङका अध्यक्ष, महेन्द्र विष्टको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा (एमाले) मोरङका अध्यक्ष विनोद ढकाल, नेकपा (माओवादी) केन्द्रका इन्चार्य कुशल लिम्बू, सङ्घीय समाजवादी फोरम नेपाल, मोरङका अध्यक्ष राजकुमार यादव, नेपाली काँग्रेस मोरङका उपाध्यक्ष शिवनारायण सिंह प्रजिअ यज्ञराज शर्मा, स्थानीय विकास अधिकारी शोभाकर रेग्मीलगायतले अधिवेशनको सफलताको कामना गरे । यसैबीच नेपाल पत्रकार महासङ्घ मोरङको मतदान अपराह्न ३ बजेदेखि सुरु हुने भएको जनाएको छ ।