भोजपुर/ नगरस्तरीय दलित सञ्जाल समिति भोजपुरले दलित समुदायका कर्मचारीलाई सम्मान गरेकोे छ ।

सदरमुकाममा मङ्गलबार एक कार्यक्रमबीच भोजपुरकी स्थानीय विकास अधिकारी सीता परियार, जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख कृष्णबहादुर मिजार र स्वास्थ्य कार्यालयकै मेडिकल सुपरिन्टेन्डेन्ट रत्नवीर विकलाई संयुक्तरूपमा सम्मान गरिएकोे हो ।

सम्मानित व्यक्तित्वलाई सांसद जयन्ती राईले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेकि थिइन ।