-
Home
-
सिनेमा
-
बन्दुक देखाएर छोरीलाई महिनौंदेखि बलात्कार
बन्दुक देखाएर छोरीलाई महिनौंदेखि बलात्कार
- फागुन ४, २०७३
- ब्लाष्ट खबर
तुलसीपुर/आफ्नै बाबुबाट छोरी बलात्कृत भएको पाइएको छ । दाङमा एक किशोरीमाथि बुबाले पटक पटक बलात्कार गरेको पाइएको हो ।
दाङको पुन्धारा–१ सुन्दरखालका बाबु ‘ए’ ले १३ बर्षीया छोरी ‘बी’ माथि जर्वजस्ती करणी गरेको प्रहरीको उजुरीमा उल्लेख छ । प्रहरीले ए भन्ने बुबलाई पक्राउ गरिसकेको छ भने उनलाई हाडनाता करणीमा मुद्दा दर्ता गरेकाे छ ।
मापासे सेवन गरेर महिनौं अघिदेखि बलात्कार गर्दै आएको बालिकाले खुलासा गरेको इप्रका तुल्सीपुरका प्रमुख डिएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए । किशोरीको आमा दुईवर्ष यतादेखि विदेशमा छिन् । बाबुले हतियार देखाएरसमेत बलात्कार गर्ने गरेको खुलेको छ ।
प्रहरीले बलात्कारका आरोपित ए लई बन्दुकसहित घरबाटै पक्राउ गरेको डिएसपी तिम्सिनाले बताए ।