डडेलधुरा/पश्चिम नेपालको डडेलधुरामा बुधबार बिहान जीप दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।

भागेश्वरबाट डडेलधुरा सदरमुकाम आउँदै गरेको से १ ज ८३३ नम्बरको जीप बुधबार बिहान दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको हो । घटना अमरगढी ३ ठूलोखोलामा दुर्घटनाग्रस्त भएको थियो ।
गम्भीर घाइते बनेकाहरुको डडेलधुरा सदरमुकाममा उपचारको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । मृतकहरुको हालसम्म सनाखत हुन नसकेको मृतकको अहिलेसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरीले जनाएको हो । गाडीमा ११ जना यात्रु रहेको र दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।