धरान/ एनसेलका ग्राहकले आफूले छानेको एउटा विशेष नम्बरमा अब अझ सुलभ दरमा कुरा गर्न पाउने भएका छन् । त्यसका लागि एनसेलले नयाँ ग्राहक योजना ल्याएको छ ।

यसबाहेक रिङ ब्याक टोनमा पनि अब ५० प्रतिशत छुट दिन लागेको कम्पनीले जनाएको छ । बुधबारदेखि लागू हुने गरी भ्यालेनटाइन अर्थात् प्रणयदिवसको अवसरमा यी दुई योजना सार्वजनिक गरेको एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै, एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले एउटा एनसेल नम्बरलाई आफ्नो नम्बरसँग ‘पेयर’ गरी प्रियजनसँग सुलभदरमा कुरा गर्न पाउने योजना पनि ल्याएको कम्पनीले जनाएको छ ।

जसअनुसार आफ्नो नम्बरसँग आफूले चाहेको अर्को एनसेल नम्बर पेयर गरी मात्र ५० पैसा (करबाहेक) प्रतिमिनेटमा कुरा गर्न सकिनेछ । यो सेवा प्रयोग गर्ने ग्राहकले सय वटा एसएमएस पनि निःशुल्क पाउने बताइएको छ । ग्राहकले १७१०६ डायल गरी यो सेवा निःशुल्क सुचारु तथा आफूले चाहेको एनसेल नम्बर पेयर गर्नसक्ने कम्पनीले जानकारी दिएको छ ।