पाल्पा/ नेपाल पत्रकार महासङ्घ पाल्पाले राससकर्मी कृष्ण दर्नाल ‘सिर्जनशील पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका छन् ।
महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टले सोमबार पत्रकारितामा एक दशकदेखि सक्रिय दर्नाललाई नगदसहित सम्मानपत्र प्रदान गरे । पाल्पा शाखाको दशौँ अधिवेशन अवसरमा दर्नालसहित १४ पत्रकार पाल्पामा पुरस्कृत भएका छन् । सिर्जनशील पत्रकारिता पुरस्कार यज्ञमूर्ति तिमिल्सिना, मुक्ति न्यौपाने, टीकाराम बस्याल, सीता डोटेल र सिर्जना घिमिरे, सामाजिक सेवा पत्रकारिता पुरस्कार शङ्कर भण्डारी, मानवाधिकार पत्रकारिता पुरस्कार राजकुमार आले, सामाजिक जागरण पत्रकारिता पुरस्कार भोजराज भट्टराई, ग्रामीण पत्रकारिता पुरस्कार वासुदेव ढकाललाई दिइएको छ ।
त्यस्तै उत्कृष्ट पत्रकारिता पुरस्कारबाट रेखीराम राना, कृष्ण पोखरेल र गीता ज्ञवाली सम्मानित भए । त्यस्तै मेघगोविन्द झपेन्द्र पत्रकारिता पुरस्कारबाट महासङ्घका केन्द्रीय पूर्वअध्यक्ष डा सुरेश आचार्य सम्मानित भएका छन् । महासङ्घका केन्द्रीय अध्यक्ष डा विष्टले डा आचार्यलाई सम्मानपत्र हस्तान्तरण गरेका छन् ।