धरान/धरान–१३ लक्ष्मीचोकस्थित हतुवाली सेकुवा कर्नरमा आगलागी हुँदा तीनलाख रुपैया बराबरको धनमाल जलेर नष्ट भएको छ । मंगलबार बिहानको राति कर्नरमा आगलागी भभएको थियो । आगलागीबाट २ वटा फ्रिज, दुई वटा ¥याक, किराना सामग्री, दुई वटा स्मार्ट फोन, २ वटा मिक्चर, बुफर, डिभिडीलगायतका सामग्री जलेर नष्ट भएको प्रोपाइटर रमेश थापाले बताए । आगलागीको कारण खुल्न नसके पनि राती आगलागी भएकाले विद्युत सर्ट भएको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ । बिहान होटलबाट धुवाको मुस्लो निस्केपछि गाउँलेहरुले थाहा पाएका थिए । त्यसपछि सटर फोडेर आगो नियन्त्रणमा लिइएको थियो । सुनसरी चक्रघट्टी घर भएका थापाले एकवर्ष अघि होटल सञ्चालनमा ल्याएका थिए ।