धरान/सुन तस्करीमा मिलेमतो गरेको अभियोगमा प्रहरी प्रमुख नै पक्राउ परेका छन् ।

नेपाल प्रहरीका एसएसपी श्याम खत्रीलाई सिविआइको टोलीले प्रहरी मूख्यालयबाटै पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार अपरान्ह पक्राउ गरी हिरासतमा लिएको सिविआई स्रोतले बताएको छ ।
त्रिभुवन विमानस्थलबाट एक महिना अघि ३३ किलोग्राम सुन बाहिरिएपछि उक्त सुन सिविआईको टोलीले बरामद गरेको थियो । जसमा विभिन्न निकायमा मान्छेहरुको संलग्नता रहेको र पक्राउ हुँदै आएका थिए ।
सोही क्रममा खत्रीलाई पक्राउ गरिएको हो । त्यसबेला विमानस्थलमा कार्यरत खत्रीलाई केही दिन अघि नै प्रहरी मूख्यालय झिकाइएको थियो ।
अनुसन्धानका क्रममा सुन तस्करीमा उनको मिलेमतो भेटिएपछि पक्राउ गरिएको सीआईबी स्रोतले जानकारी दिएको छ ।