धरान/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी हारेपनि चुनाव गराएरै छाड्ने दाबी गरेका छन् । एक टेलिभिजन कार्यक्रममा बाेल्दै उनले जसरीपनि चुनाब गराएरै छाड्रने बताए । आगामी चुनावमा भोटिङ मेसिन प्रयोगका लागि आफू सकारात्मक रहेको समेत उनले बताए । प्रमुख विपक्षी दलले सरकार चुनाव गराउन गम्भीर नभएको आरोप लगाइरहेका बेला प्रधानमन्त्रीले भने आगामी मंसिरभित्रै तीन वटै चुनाव गर्ने योजना सुनाए । प्रचण्डले भने, ‘जितिन्छ कि हारिन्छ भनेर चिन्ता लिएको छैन । मेरो पार्टीले हार्न पनि सन्छ । तर, देशले जित्छ ।’सातै उनले भोटिङ मेसिन प्रयोगबाट गृहकार्य गर्न निर्वाचन आयोगलाई आफूले भनिसकेको बताए । यसबारे छलफल गर्न आफूले २५ गते सर्वदलीय बैठक बोलाउन र भोटिङ मेसिनबारे पि्रजेन्टेसन गर्न आयोगलाई भनेको प्रधानमन्त्री प्रचण्डले बताए ।आयोगले केही रकम चाहिन्छ भनेको भन्दै उनले भने, केही पैसा चाहिन्छ भने सरकार तयार छ ।’

साेही कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश विखण्डन गर्छु भन्ने सीके राउतविरुद्ध जुनसुकै हदसम्म जान पनि सरकार तयार रहेको बताएका छन् । साथै उनले राउतलाई खुलेआम गतिविधि गर्नु विगतको सरकारको गल्ती भएको बताएका छन् । प्रचण्डले सरकारले हल्ला रुपमा कदम (सीके राउतलाई पक्राउ गर्ने) नचालेको बताए ।

उनले भने, खुलेआम देश टुक्राउँछु भन्नेलाई पनि छुट हुँदै सक्दैन ।’स्वतन्त्रताको नाममा देशको सार्वभौमसत्ता, अखण्डताविरुद्ध खुलेआम गतिविधि गर्न दिनु विगतको सरकारको कमजोरी भएको उनले बताए । उनले भने, ‘कुनै पनि सर्तमा देशलाई विखण्डन गर्छु भन्नेप्रति नरम हुन सकिँदैन । सरकार जुनसुकै हदमा जान तयार छ ।’सरकारले गम्भीर सोच विचार गरेर र सबै पक्षसँग रायसल्लाह लिएर नै राउतविरुद्ध कमद चालेको बताए ।

विगतको जस्तो गल्ती नदोहोर्‍याउने भन्दै प्रधानमन्त्री प्रचण्डले भने, सरकार अघि बढिसक्यो । सुरक्षा निकाय र राजनीतिक नेतृत्वले यो गम्भीरता बुझेको छ र सहयोग गर्ने विश्वास छ ।’