चितवन/ श्रममन्त्री सूर्यमान गुरुङले निःशुल्क भिसा र हवाई टिकट कार्यान्वयन र व्यवस्थित हुन नसकेको स्वीकारेका छन्  ।

आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै उनले यसलाई कार्यान्वयन गर्न नदिन गिरोह सक्रिय रहेको बताए । कार्यान्वयन गराउन खोज्दा मन्त्रालयमै धम्की आएको पनि उनको भनाइ थियो । रोजगारीका सिलसिलामा विदेसिनेहरूसँग दुईवटा सम्झौता गरी ठग्ने गरेको पाइएको भन्दै उनले यसलाई नियन्त्रण गर्न अनलाइनबाट फाराम भर्ने कामको थालनी गरिएको बताए मन्त्रालयले श्रम बजारको खोजी गरिरहेको भन्दै मन्त्री गुरुङले उपयुक्त श्रम बजारको खोजी गरी सुरक्षित रोजगार दिलाउन आफू प्रतिबद्ध रहेको पनि बताए ।

रासस