धरान/एमाले निकट प्रेश चौतारी नेपालको १९ औं स्थापना दिवसको अवसर पारेर सुनसरी जिल्ला कार्य समितिले फलफूल वितरण गरेको छ ।

अपाङ पुनस्र्थापना तथा असहाय सेवा केन्द्रमा रहेका ६ जना भन्दा बढी असहाय तथा अपाङहरुलाई फलफूल वितरण गरेको हो । चौतारी सुनसरीका अध्यक्ष देवेन्द्र कार्कीको नेतृत्वमा पुगेको एक दर्जन सदस्यहरुले स्याउ, सुन्तलालगायतको फलफूल वितरण गरेको हो । ‘संस्थाको स्थापना दिवसलाई रचनात्मक बनाउने उद्देश्यले फलफूल वितरण गरिएको हो ।’ अध्यक्ष कार्कीले भने ।
यस अघिका स्थापना दिवसमा अन्तरक्रिया तथा प्रभात फेरी कार्यक्रम गर्ने गरिएको थियो । तर, यसपटक अपाङ तथा असहायहरुलाई सेवा होस् भन्ने उद्देश्य रहेको अध्यक्ष कार्कीले बताए । कार्यक्रममा नगर अध्यक्ष योगेशबाबु काफ्लेसमेत सहभागी थिए ।