तरहरा/ त्रिविले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको तालिका सार्वजनिक गरे सँगै जिल्लाका विद्यार्थी यसको तयारीमा जुटेका छन् । जिल्लाका त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा अहिले विद्यार्थी नेताहरु ब्यस्त छन ।झण्डै एक दशक पछि हुन लागेको चुनाव परिणाम आफ्नो पक्षमा पार्न विद्यार्थी संगठनका नेताले क्याम्पसमा प्रशिक्षण कार्यक्रम गर्ने तथा अधिवेशनलाई समेत तीव्र बनाएका छन् ।
चुनावको मिति नजिकिदै गर्दा अहिले विद्यार्थीहरु भोट माग्न र आफ्नो संगठनका पदाधिकारीहरु जिताउँन दौडधुपमा ब्यस्त हुन पुगेको छन । २०६५ साल सम्म स्ववियु चुनाव हुदै आएको धरानको हात्तिसार,इन्जिनियरिङ ,पिण्डेश्वर ,महेन्द्र वहुमुखी ,जनता वहुमुखी ,सुनसरी वहुमुखी इनरुवामा अहिले विद्यार्थी नेताको वाक्लो उपस्थित हुन थालेको हो । लामो समय सम्म स्ववियु निर्वाचन नभए पनि विद्यार्थी संगठनहरु आफ्नो पक्षमा जित हुने आ आफ्नै दावी गदै अएका छन । नेकपा एमाले निकट अनेरास्ववियुका केन्द्रिय सदस्य तथा निर्वतमान सुनसरीका अध्यक्ष एकराज दाहालले त्रिविले २८ वर्ष उमेर हद मिश्रित निर्वाचन प्राणालीलाई स्वागत गदै चुनावी मैदानमा होमिएको वताए । विगत देखि नै हामीले जताततै जित्दै आएको छौ यसपाली पनि जित्ने दाउँमा छौ दाहालले भने ।
तर लामो समय देखि आफ्नै संगठनको विवादको कारण अनेरास्ववियु जिल्लामा नेतृत्व विहिन जस्तै छ । काग्रेस निकट नेपाल विद्यार्थी संघले पनि स्ववियु चुनावको तयारी तिब्र रुपमा गरीरहेको नेपाल विद्यार्थी संघ सुनसरीका कोषाध्यक्ष विक्रम घिमिरेले वताए । उनले भने हामी विद्यार्थी राजनितिक गर्नेहरु मिति घोषणा सँगै उत्साहित भई चुनावको तयारीमा जुटेका छौ घिमिरेले भने । स्ववियु जित्ने हाम्रो लक्ष्य हो हामीले अधिकांस क्याम्पसमा पहिला पनि जितेका थियौ ।
नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य सुन्दर खेवाङले पनि चुनावको तयारी ब्याक भएको वताए । तर आफ्नै संगठन नेविसंघ जिल्ला कार्य समिति सुनसरीमा भने लामो समय देखि विवादको कारण नेतृत्व विहिन छ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी केन्द्रिय उपाध्यक्ष तथा इटहरीका वासिन्दा मदन चुडालले पनि विद्यार्थीहरु सँग छलफल गरी झगडा मुक्त स्ववियु वनाउँदै विद्यार्थी नेताहरु विचको विवाद नहोस भन्दै स्ववियु चुनावको तयारी तिब्र भईरहेको वताए ।
उनले भने हामी विद्यार्थी नेताहरुलाई विवाद रहित स्ववियु चुनाव गराउँन चाहान्छौ । आफुहरु विद्यार्थीहरु संग छलफल सँगै निर्वाचनमा जित हासिल गर्ने लक्ष्यका साथ अगाडी वढिरहेको केन्द्रिय उपाध्यक्ष समेत रहेका विद्यार्थी नेता चुडालले भने । आगामी फागुनमा हुने स्ववियुु निर्वाचनमा आफ्नो पार्टी निकट विद्यार्थीहरुलाई कसरी जिताउन सकिन्छ भनेर राजनीतिक दलहरु र तिनका भातृ संगठनहरु लागिपरेका छन । उनिहरुको एकमात्र मिसन स्ववियु चुनाव जित्ने लक्ष्य लिएका छन ।
प्रत्येक विद्यार्थीहरुका भातृ संगठन र माउ पार्टीहरुका नेताहरु बीच अबको चुनावमा जीत कसरी आफ्नो पोल्टामा पार्ने भन्ने विषयमा क्याम्पसहरुमा तिब्र छलफल हुन थालेको छ ।