ओट्टावा/  क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रडोले क्युवेक सहर रहेको एक मस्जिदमा भएको आतङ्ककारी आक्रमणको सोमबार निन्दा गरेका छन् ।

मस्जिदमा भएको यस गोली प्रहारमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको थियो मुस्लिमको पूजा र आश्रयस्थलमा भएको यस आक्रमणको आफूहरुले निन्दा गर्ने ट्रडोले बताएका छन् । मुस्लिम क्यानाडाली राष्ट्रिय जनसङ्ख्याको एक अभिन्न अङ्ग भएको र यस्ता भावहीन आतङ्ककारी कार्यको लागि आफनु समाज, सहर राष्ट्रमा कुनै स्थान नभएको उनले बताए ।

-एएफपी