नवलपरासी / नेपाल, भारत र बङ्गलादेशमा जलको वास्तविक अवस्था बुझ्न भ्रमण टोली जाने भएको छ । तीनै देशका प्रतिनिधिहरु सहभागी हुने टोलीले तीनै देशमा जलको वास्तविक अवस्था, जल अधिकारको अवस्था, एक देशले अर्को देशलाई गर्न सक्ने जलसम्बन्धी सहयोगबारे छलफल गर्नेछन् । आगामी फागुुुुुुुन ५ गतेदेखि नेपालबाट जाने भ्रमण टोलीमा नेपाल, भारत र बङ्गलादेश पाँच, पाँच गरी तीनै देशका पानीसँग सम्बन्धित १५ सरोकारवालाको सहभागिता हुनेछ । करिब १५ दिनसम्म तीनै देशमा पुगी टोलीले एक अर्काको देशको जल अवस्थाबारे छलफल गर्नेे भ्रमण टोलीमा सहभागी हुने गण्डक नदी नियन्त्रण सङ्घर्ष समिति, नवलपरासीका सचिव दूधनाथ गुप्ताले जानकारी दिए। सो टोलीमा प्रत्येक देशबाट एक एकजना एक्सन एडका प्रतिनिधि, जलको क्षेत्रमा काम गर्ने निकायबाट एकजना र अन्य तीन तीनजना जल अभियानकर्मी रहने छन् । सो भ्रमणका लागि एक्सन एडले आर्थिक सहयोग गरेको छ ।

-रासस