गुलरिया (बर्दिया)/ यहाँको एक सामुदायिक वनमा पासोमा परेर हुँडार मृतावस्थामा फेला परेको छ ।
बबई नगरपालिका–१० वनवीरपुरको कैलाश सामुदायिक वनमा सो जनावर पासोमा परेको थियो । सामुदायिक वनमा बिरालो प्रजातिको हुँडारलाई पासोमा पार्ने व्यक्ति भने पत्ता नलागेको इलाका वन कार्यालय, वसन्ता शाहीपुरका लल्लन राउतले बताए ।
-रासस