विराटनगर / मोरङको सोराभागमा बुधबार जीवन विकास समाज लघुवित्तका कर्मचारीमाथि गोली प्रहार भएको छ । रंगेली नगरपालिका ११ का ३७ वर्षीय घनश्याम बहदारमाथि गोली प्रहार भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक संजीवबाबु खड्काले ब्लाष्ट खवर डटकमलाई जानकारी दिए ।
गोली प्रहारबाट घाइते बहदारलाई उपचारका लागि विराटनगर ल्याइएको छ । खुट्टामा गोली लागेका उनको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।
बहदार जीवन विकास समाज नामक लघुवित्तमा पैसा संकलन गर्ने काम गर्ने गर्थे । लघुवित्तकै पैसा संकलन गर्नका लागि मोटरसाइकलमा कर्सिंया बजारतर्फ आउँदै गर्दा उनीमाथि मोटरसाइकलमा आएका दुई जनाले सोराभाग १ मा गोली प्रहार गरेको प्रहरी निरीक्षक खड्काले बताए । गोली प्रहार गर्ने एक जनालाई पक्राउ गरिए नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् ।