महेन्द्रनगर/ चक्रघट्टी जेसीज २०१७ का अध्यक्ष दिनेश पोखरेललाई पद हस्तान्तरण गरिएको छ ।शुक्रबार चक्रघट्टीमा आयोजित तेस्रो पदस्थापन तथा सम्मान कार्यक्रममा २०१६ का अध्यक्ष कमल दाहालले जेसीजको चेन (लकेट) नव निर्वाचित अध्यक्ष पोखरेललाई पहि¥याउँदै पद हस्तान्तरण गरेका हुन् ।
२०१६ का अध्यक्ष दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संसदका सदस्य तथा पूर्व मन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा विशेष अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारी थिए । कार्यक्रममा २०१७ का अध्यक्षले अन्य पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए ।कार्यक्रममा नेपाल जेसीज भिपी २०१६ की मञ्जरी घिमिरे, पथरी जेसीजका अशोक शङ्कर, चक्रघट्टीकी मानार्थ सदस्य सुशीला पौडेल, भरतराज भट्टराई, रेवतीरमण दुलाल, इलाका प्रहरी कार्यालयका प्रमुख दुर्गाप्रसाद अधिकारी, महेन्द्रनगर इकाइ कमिटीका अध्यक्ष फडिन्द्र भट्टराई लगायत विभिन्न दलका प्रतिनिधि, नवपालुवा कृषि सहकारीका अध्यक्ष खेम थापा, पूर्वाञ्चलभरिका जेसिज शाखाका प्रमुख तथा प्रतिनिधिहरु अतिथि थिए ।
सोही कार्यक्रममा ग्रामीण क्षेत्रमा रहेर पत्रकारिताको माध्यमबाट महेन्द्रनगर क्षेत्रलाई केन्द्रविन्दु बनाउँदै सूचना प्रचारप्रसार तथा आदान–प्रदानमा योगदान पु¥याएको भन्दै चारजना सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । ब्लाष्ट टाइम्सका महेन्द्रनगर समाचारदता बिमला घिमिरे, सुनसरी एफएमका सञ्चालक समिति अध्यक्ष निर्मल बराल, कोशी सम्मान साप्ताहिकका सम्पादक हिरण्य कार्की, सुनसरी सन्देश साप्ताहिक सम्पादक जीवनकुमारी भण्डारी सम्मानित भएका थिए ।
यस्तै चक्रघट्टी जेसीजका संस्थापक सदस्यहरु दुर्गा गुरुङ, लीला सापकोटा, हिरा पोदार र भुवन पोखरेललाई सम्मान गरिएको थियो ।नयाँ कार्यसमितिमा उपाध्यक्षहरु तीर्थराज भट्टराई, इन्दिरा गौतम, सूचना खतिवडा, सञ्जय राउत र कार्यकारी उपाध्यक्ष सन्तोष चौंलागाई, अनील ठाकुर, महासचिव वेदकुमार चौधरी, कानूनी सल्लाहकार अच्यूत भट्टराई, कोषाध्यक्ष मुना अधिकारी छन् ।